शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कटहरिया नगरपालिकामा काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित

बुधबार, १८ जेठ २०७९, ०९ : ४३
बुधबार, १८ जेठ २०७९

रौतहटको कटहरिया नगरपालिकामा नेपाली काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् ।  मंगलबार भएको चुनावी प्रक्रिया अनुसार कार्यपालिका सदस्यमा काँग्रेसका सबै ८ जना उम्मेदवार निर्वाचित भएका हुन। 

कार्यपालिका सदस्यको जिम्मेवारी पाउनेहरूमा जनजाति अल्पसङ्ख्यकबाट मनोज कुमार जयसवाल, दिलीप कुमार जयसवाल र जामुन ठाकुर हजाम रहेका छन् ।  त्यसैगरी निर्वाचित दलित तथा महिला सदस्यहरूबाट शान्ति कुमारी ,शोभा देवी, श्रीपती चमैन, सोनी देवी, बुधीया देवी गरी ८ जना  रहेको निर्वाचन अधिकृत रामचन्द्र लुइँटेलले जानकारी दिएका छन् ।  कार्यपालिका सदस्यको निर्वाचनमा एमाले बाट उम्मेदवारी दिएका हेमप्रसाद साह पराजित भएको अधिकृत लुइँटेलले बताए ।

 यस अघि कटहरिया ४ का एमालेबाट निर्वाचित वडा अध्यक्ष चन्दन कुश्वाहाले निर्वाचन अधिकृतका कारण एमाले समर्थित ४ जना मानिस कार्यपालिकाको उम्मेदवारी बाट वञ्चित भएको आरोप लगाएका थिए । लुइँटेलले भने निर्धारित समयमा न आएको कारण उम्मेदवारी दिन नसकेको प्रतिक्रिया दिएका थिए ।

 गत ३० गते भएको निर्वाचनमा कटहरिया नगरपालिकामा काँग्रेस पार्टीबाट मेयरमा अजय प्रकाश जयसवाल, उपमेयरमा रिता देवी यादवका साथै  ४ जना वडा अध्यक्ष तथा २६ जना सदस्य निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप