दाइजोको लोभमा बाबु–छोराको हत्या : बुहारीसहित तीन जना पक्राउ
![दाइजोको लोभमा बाबु–छोराको हत्या : बुहारीसहित तीन जना पक्राउ](https://rpcdn.ratopati.com/media/albums/IMG20220531165921_7pqFqXojLC.jpg)
सिरहा प्रहरीले बाबु र छोराको हत्या अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्त कुमार पालको हत्यामा संलग्न रहेको अभियोगमा चन्देश्वरका साँइली बुहारी शान्तिदेवी पाल, गोलबजार नगरपालिका ४ का ६५ वर्षीय बेचु पाल, अर्नमा गापा १ महनौरकै ४८ वर्षीय जनिफ मियाँलाई आज पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।
उनीहरूको यही जेठ ८ गते बिहान २ बजे खुकुरी प्रहार गरी हत्या भएको थियो। घाँटी र टाउकोमा खुकुरी प्रहार हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो। व्यक्तिगत रिसिइबिका कारण बाबुछोराको हत्या गरेको अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अर्जुन प्रसाद तिम्सिनाले जानकारी दिए ।
मृतक सन्त कुमारको यही जेठ ११ गते मोरङका एक युवतीसँग विवाह तय भएको थियो। विवाहको तयारी भइरहेको समयमा नै हत्या भएकाले त्यसैलाई आधार बनाएर अनुसनधान गर्दा घटनामा संलग्नहरूसम्म पुगिएको एसपी तिम्सिनाले बताए। उनले भने, ‘सन्त कुमारको जो युवतीसँग विवाह तय भएको थियो, त्यसअघि नै ती युवतीसँगै बेचु पालको छोराको विवाह हुने पक्का भएको थियो। विवाह गरेबापत केटीपक्षले विराटनगरमा जमिन दिने र सो जमिनमा घर समेत बनाइदिने तय भएको थियो । आवश्यक परे व्यवसाय गर्न पुँजी समेत दिने पक्का भएको थियो ।
तर बेचु पालका छोराले युवतीको पहिला पनि विवाह भइसकेको भन्दै विवाह गर्न अस्वीकार गरेपछि सन्त कुमारसँग विवाह तय भएको थियो । बेचु पालले छोरालाई विवाहका लागि मनाई रहेकै वेलामा सन्त कुमारले विवाह गर्ने भएपछि त्यसैको रिसिइबिका कारण सन्त कुमारका भाउजू र जनिफको मिलेमतोमा हत्या भएको प्रहरीको भनाई रहेको छ। शान्तिदेवीको सासू ससुरासँग राम्रो सम्बन्ध नरहेको, अंश नदिएको, माइतीबाट ल्याएको चाँदीको गहना पनि सासूले राखेको र देवरको विवाहमा पनि विवाहमा नआउनु भनेकाले उनी पनि रिसाएकी थिइन्। जानिफ शान्तिदेवीको श्रीमानको साथी हुन्। शान्तिदेवीका श्रीमान् रोजगारीको लागि विदेशमा छन्।
यही कुरा बेचुले थाहा पाएपछि उनीहरूको हत्या गर्ने योजना बनेको प्रहरीको भनाई रहेको छ। सासू ससुरासँग रिसाएका शान्तिदेवीले हत्या गरेबापत ५० हजार दिने, हत्या गर्न जानिफले बञ्चरो ल्याउने र खुकुरी बेचु आफैले ल्याउन सल्लाह अनुसार हत्या भएको बताइएको छ।
तर, हत्या गर्ने राति योजना अनुसार शान्ति र जानिफ नआए पनि बेचन एक्लै आएर हत्या गरेको प्रहरीको भनाई रहेको छ। हत्या भएको राती बेचु झोला बोकेर घटनास्थल आसपास देखिएको स्थानीले समेत बताएको प्रहरीले जनाए। बेचु अवकाश प्राप्त शिक्षक रहको बताइएको छ।
हत्या भएको राति करिब १२ बजे सम्म विवाहको गीत गाउने कार्य भइरहेको थियो। स्थानीयका अनुसार राती करिब १२ बजे सम्म गीत बजी रहेको थियो, बिहान पख करिब ३ बजे हत्याको घटना गाउँ भरी फैलिसकेको बताउँछन्।
प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा दर्जन बढी व्यक्तिहरूलाई पटक पटक सोधपुछ गर्ने गरेको भए पनि आज बिहान तीन जनालाई नियन्त्रणमा लिएको बताएको छ।
प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी एक थान, मोबाइल चार थान सहितका सामाग्री बरामद गरेको छ।
प्रहरी तालिम प्राप्त कुकुर, अन्य प्राविधिक डेटा अनुसन्धानबाट अपराधीसम्म पुग्न सफल भएको बताउँछन्। पक्राउ परेका उनीहरूलाई ज्यान मुद्दा दर्ता गराई आवश्यक अनुसन्धानको लागि ७ दिनको म्याद थप गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिखको शानदार जित
-
भाइ, पत्नी र दुई छोरी गुमाएका एलीसहित तीन इजयाली बन्धक हमासको कब्जामुक्त हुँदै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन