भित्रभित्रै बाम गठबन्धनको प्रयास !
स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन् । प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका हुन् । खासगरी एमालेले यसको अगुवाइ थालेको छ। तर माओवादी केन्द्र र एमालेबाट विभाजन भएर बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले एमालेलाई विश्वास गर्न सकिरहेका छैनन्।
विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी केन्द्र आफ्नै कारणले विभाजित भए। अहिले स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि सबैका कमजोरी औँल्याउँदै वाम गठबन्धन गर्नुपर्ने महसुस गरेका यी तीन दलबीच विश्वासको अभाव भने खट्किएको छ। 'भित्रभित्रै वाम गठबन्धनको कुरा चलेको मात्र होइन, गम्भीर छलफल भएको छ तर नेताहरूबीच विश्वासको अभाव देखिएको छ', एमालेका एक पदाधिकारीले भने। पछिल्लो समय प्रमुख विपक्षी एमालेले पाँचदलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केही पनि परिवर्तन नगरी सार्वजनिक भयो मौद्रिक नीतिको समीक्षा
-
बारा प्रहरीद्वारा १० जना फरार प्रतिवादी पक्राउ
-
फिफा वर्ष खेलाडी अवार्डको मनोनयनमा मेस्सीसँगै एमबाप्पे र यामल पनि
-
मर्चेन्ट बैंकर्सद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेट
-
लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोह सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आउँदै
-
सहकारी ठगीको ‘इपिसेन्टर’ गण्डकी