मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

काँग्रेसलाई बलियो बनाउन स्थानीय तहले राम्रो काम गर्नुपर्छ : नेता पौडेल

मङ्गलबार, १७ जेठ २०७९, १० : ००
मङ्गलबार, १७ जेठ २०७९

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेसलाई जिताउनका लागि स्थानीय तहले राम्रो काम गर्नुपर्ने बताएका छन् ।

काँग्रेस काठमाडौं क्षेत्र नं ७ प्रदेश (ख) विद्यार्थी विभागले मंगलबार आयोजना गरेको ‘जनप्रतिनिधि सम्मान’ कार्यक्रममा उनले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसलाई बलियो पार्टीका रूपमा स्थापित गर्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्ने बताएका हुन् ।

“स्थानीय तहको निर्वाचनमा पाएको मतबाट जनता काँग्रेसमा भोट हाल्न आतुर छन् भन्ने देखाएको छ, प्रदेश र सङ्घको निर्वाचन आउँदैछ, मतदातालाई काँग्रेसको पक्षमा आकर्षित गर्ने गरी काम गर्नुहोस्”, उनले भने । काँग्रेसले जनजीविकाको मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

काँग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का नवनिर्वाचित वडाध्यक्ष मुकुन्द रिजालले आफू जनप्रतिनिधि भएकाले जनताको सेवक भएर काम गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा काँग्रेस बागमती प्रदेश सदस्य सविन तामाङ, काँग्रेस महाधिवेशन प्रतिनिधि सुशील भट्ट, तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटीलगायतले काँग्रेस आगामी निर्वाचनमा एकजुट भएर अगाडि बढे काँग्रेसलाई कुनै शक्तिले हराउन नसक्ने बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप