मजदुरका छोराछोरीले धानेको विद्यालय

लमजुङ सदरमुकाम बेंसीशहरमा रहेको बाल लक्ष्मीमन्दीर प्राथमिक विद्यालय ४८ वर्षअघि स्थापना भएको सामुदायिक विद्यालय हो । यस विद्यालयबाट कखरा पढेर धेरैले उच्च शिक्षा हासिल गरे । अहिले यो विद्यालय मजदुरका छोराछोरीले मात्रै धानेका छन्। आफ्नो घर आगनमै रहेको विद्यालय छोडेर यस गाउँका विद्यार्थीहरु बोर्डिङ स्कुल जान्छन् ।
विद्यालयका प्रधानाध्यापक भगवती जोशीले भनिन् पैसा तिरेपछि गुणस्तर शिक्षा पाइन्छ भन्ने सोच भएकाले स्थानीयले छोराछोरी गाउँको स्कुलमा पढाउँदैनन् ।’ ०४२ सालमा गाउँलेले जग्गादान र श्रमदान गरी बनाएको विद्यालयलाई अहिले मजदुरका छोराछोरीहरूले मात्र बचाएको छ ।
शिशुदेखि ५ कक्षासम्म पढाइ हुने बाल लक्ष्मी मन्दिर प्राथमिक विद्यालयमा जम्मा ३२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा एक जना काज, ३ जना दरबन्दी र एक जना बालविकास गरि ५ जना शिक्षक र एक कार्यालय सहयोगी छन्। ‘विद्यार्थी भर्ना अभियानलाई जतिसुकै प्रभावकारी बनाउने प्रयास गरे पनि स्थानीयले छोराछोरी भर्ना गर्न ल्याएनन्,’ प्रअ जोशीले भनिन्, ‘गाउँलेलाई वास्तै छैन। यहाँ पढ्न आउने निम्न आर्थिक अवस्थाका मजदुरका छोराछोरी मात्रै हुन्।’
विद्यालयमा भर्ना भएका विद्यार्थीहरु पनि सबै आउँदैनन् । खाजा खुवाउने व्यवस्था नभएकाले विद्यार्थीहरु नियमित विद्यालय नआएको शिक्षकहरुको भनाइ छ । केही ठूला केटाकेटी बाबुआमासँगै मजदुरी काम गर्न जान्छन् ।
विद्यालयका प्रअ जोशीका अनुसार आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरु विदाको समयमा सिजनअनुसार जङगलमा निउरो र टुसा खोज्न जाने गर्छन् । निउरो र टुसा बेचेको रकमबाट कापी कलम किन्ने गरेको प्रअ जोशी बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्विस फ्र्याङ्क र दिराम, दिनार तथा रियालको मूल्य ?
-
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
-
पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने