दुध दिवसको पूर्वसन्ध्यामा नेपाल डेरी एसोसिएसनले विभिन्न कार्यक्रम सम्पन्न गर्यो

राष्ट्रिय दुग्ध विकास बोर्डको र नेपाल डेरी एशोसिएशनको आयोजनामा ‘दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । दुध दिवसको पूर्वसन्ध्यामा बोर्ड र एशोसिएशनको आयोजनामा मनाल्सु वर्ड कलेज, प्राक्सिस ईन्टरनेशनल एकाडेमी चुच्चेपाटि, चावहिल, र चाँगुनारायणमा कार्यक्रम सम्पन्न गरिएको हो ।
एसोसिएशनका अध्यक्ष सापकोटाले एसोसिएशनले गरेका गतिविधि बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने बताए । कार्यक्रमबारे प्राष्ट पार्दै एसोसिएशनका महासचिव प्रल्हाद दाहालले दुधको महत्व, विश्व दुध दिवसको बारेमा बताए । एसोसिएशनका उपाध्यक्ष राजनप्रसाद दाहालले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै दुध तथा दुग्ध पदार्थ सेवन गर्दाको महत्व एवं एसोसिएशनको इतिहासको बारेमा स्पष्ट पारे ।
प्रमुख अतिथि बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले एसोसिएशनले गरेका कामको प्रशंसा गर्दै बालबालिकाहरुलाई बजारमा पाइने जंकफुड खानुभन्दा बालबालिकाहरुले दुध तथा दुग्ध पदार्थ खाने प्रस्ताव गरे । एसोसिएसनले विश्व दुध दिवसमा खेलेको विशेष भूमिकाले दुग्ध क्षेत्रको विकासमा टेवा पुग्ने बताउँदै बोर्डले गरेका कार्यक्रमका बारेमा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दर्शन नपढाई दर्शनभित्रै पाठकलाई घुमाइरहने उपन्यास ‘अर्हत्’
-
कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न एमालेकाे माग
-
पूर्वाधारमा आक्रमण गरेको भन्ने पाकिस्तानको दाबी 'झूटो' : भारत
-
देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
-
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि सुरु हुने महिला विश्वकपमा ४८ टोली सहभागी हुने
-
युरोपेली शीर्ष नेताहरूको युक्रेन भ्रमण : युक्रेनप्रति गहिरो ऐक्यबद्धता प्रकट