शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बुल्गेरियालाई रुसी तेल आयातमा छुट

मङ्गलबार, १७ जेठ २०७९, १९ : ४१
मङ्गलबार, १७ जेठ २०७९

बुल्गेरियाले सन् २०२४ को अन्त्यसम्म ईयु प्रतिबन्धको छैटौं प्याकेज भित्र रुसी तेल खरिद गर्न अस्थायी छुट प्राप्त गरेको प्रधानमन्त्री किरिल पेटकोभले मङ्गलबार  बताएका छन् ।

सोमबार राति इयु नेताहरूले ब्रसेल्समा भएको शिखर सम्मेलनमा समुद्री मार्गबाट आपूर्ति हुने रूसी तेललाई प्रतिबन्ध लगाउने सहमति गरेका थिए ।

युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले मङ्गलबार भनेका थिए-हंगेरी र चेक गणतन्त्र जस्ता भूपरिवेष्ठित सदस्य राष्ट्रहरूका लागि अस्थायी छुटहरू दिइनेछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप