१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त
राष्ट्रिय युवा परिषद्ले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको परिषद्को बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति गरेको हो ।
राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत विभिन्न कारणले खाली भएका जिल्लाहरूमा परिषद् ऐनको दफा ११ को उपदफा २ (क) बमोजिम अध्यक्ष नियुक्त गरिएको छ । नियुक्त हुनेहरूमा हिक्मत बहादुर शाही (दैलेख), सुजन राइ (सोलुखुम्वु), पासाङ निमु शेर्पा (संखुवासभा), चेत प्रसाद बोलखे (रौतहट), टिका भुर्तेल (नवलपुर),सुजन लिम्बु (ताप्लेजुङ), समिक शेरचन (मुस्ताङ), युवराज दाहाल (झापा), आविस्कार क्षेत्री, (स्याङ्जा), भक्त बहादुर थापा (बर्दिया), नवराज कार्की (मुगु), सञ्जय कुमार दास (सप्तरी) र चक्र बहादुर रावल (जुम्ला) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल