आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

न्युजिल्यान्डमा जागिर लगाइदिने भन्दै ३० लाख ठग्ने पक्राउ

मङ्गलबार, १७ जेठ २०७९, १८ : १८
मङ्गलबार, १७ जेठ २०७९

न्युजिल्याण्ड लगेर जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–९ स्युचाटार घर भएका ४५ वर्षीय विकास भट्टराई खत्री छन् ।

वैदेशिक रोजगार विभागको पत्रको आधारमा भट्टराईलाई स्युचाटारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

नवलपुर घर भएका विकास जोशी र तनहुँको रिसिङ गाउँपालिका–५ घर भएका अमृत चन्दलाई ‘वर्किङ भिसा’मा न्युजिल्याण्ड पठाउँछु भनेर उनले प्रतिव्यक्ति १५ लाखको दरले ३० लाख ठगेको आरोप लागेको छ । आरोपीलाई कानुनी कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप