लुम्बिनी विकास बैंकद्वारा अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण
लुम्बिनी विकास बैंकले नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान रण अम्बिका शाह आँखा अस्पताल भैरहवालाई मेडिकल उपकरण हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई ५ लाख ३६ हजार ७ सय ५० रुपैयाँ बराबरको मेडिकल उपकरण (आँखामा प्रेसर नाप्ने मेसिन) हस्तान्तरण गरेको हो ।
सोमबार एक कार्यक्रमकाबीच बैंकका बजार व्यवस्थापन विभाग प्रमुख दीपक खनालले अस्पताल विकास समितिका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष राणाले बेलाबखत विभिन्न बैंकबाट हुने सहयोगले अस्पताललाई ठूलो राहत मिलेको बताए । उनले आगामी दिनमा पनि लुम्बिनी विकास बैंकबाट सहयोग हुने अपेक्षा गरे । अध्यक्ष राणाले आँखासम्बन्धी समस्या भए त्यसलाई गम्भिरतापूर्वक लिनुपर्ने बताए । उनले आँखा जस्तो संवेदनशील कुरालाई निदान गर्नेतर्फ अगाडि बढे निश्चित रुपमा राम्रो उपचार हुने बताए ।
बैंकका बजार व्यवस्थापन विभाग प्रमुख दीपक खनालले सेवाको भावनाले उत्पे्ररित भएको अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण गर्न पाउँदा खुसीको अनुभुति भएको बताए । उनले आगामी दिनमा पनि अस्पतालसँगको सहयात्रालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । बैंकले नाफा कमाउने उद्देश्य मात्र नराखी संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि अगाडि बढाएको उनको भनाइ थियो । बैंकले ८६ वटा शाखामार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको खनालले जानकारी दिए ।
अस्पतालका निमित्त चिफ मेडिकल डाइरेक्टर सह–प्राध्यापक डा। कबिन्द्र बज्राचार्यले अस्पताललाई सबै आवश्यक उपकरण किन्न नसक्ने आवश्यकता रहेकोमा अवस्थामा बैंकले सहयोग गर्नु सराहनीय रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान
-
‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’
-
पर्यटन विकासका लागि निगमको स्तरोन्नति र स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव
-
१० बजे १० समाचार : एमाले बैठकमा भीम रावलमाथिको कारबाहीबारे उठ्यो प्रश्न, रविविरुद्ध काठमाडौँमा पनि मुद्दा
-
विपद् प्राधिकरणको राष्ट्रिय परिषद्को बैठक सम्पन्न, सोमबार निर्णय सार्वजनिक गरिँदै