बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

१० हजार तिरेर किस्तामा इलेक्ट्रिक स्कुटर दिने लेभ्निङको अफर

मङ्गलबार, १७ जेठ २०७९, १७ : ५८
मङ्गलबार, १७ जेठ २०७९

पेट्रोलियम पदार्थ महँगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहरु आउन थालेका छन् । यसै सन्दर्भमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ‘तपाईको गोजीमा कति छ ?’ ट्यागलाइनका साथ आकर्षक स्किम ल्याएको छ । 

यस अनुसार कम्पनीले ‘१० हजार ल्याउनुहोस्, लेभ्निङ स्कुटर लानुहोस् ’ योजना ल्याइएको छ । १०००० मा फाइनान्सका साथ उपलब्ध हुने यो प्रभावकारी हुनसक्ने कम्पनीको भनाइ छ । 
 यसका लागि फाइनान्स पार्टनरको रुपमा ललितपुरको लगनखेलमा अवस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाले ग्राहकलाई आवश्यक फाइनान्स सुविधा उपलब्ध गराउने बताइएको छ ।  ग्राहकलाई १२ ,१८ र  २४  महिना सम्मका लागि फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप