शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सी डिभिजन लिग : अन्तिम चरणको एक खेल दशरथ रंगशालामा हुने

मङ्गलबार, १७ जेठ २०७९, १७ : ५५
मङ्गलबार, १७ जेठ २०७९

सहिद स्माकर सी डिभिजन लिगको अन्तिम चरणका खेल भोलिबाट सुरु हुँदैछन् ।  उपत्यकामा जारी लिगको १२औं चरणका खेल समाप्त हुँदै झापा शीर्षस्थानमा रहेर बी डिभिजन लिगमा बढुवा भइसकेको छ । 

अखिल नेपाल फुटबल संघ एन्फाले लिगको एक खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाउने भएको छ । विजेता र दुई टिम रेलिगेसन पर्दा बी डिभिजनमा बढुवा हुने एक टोलीको टुंगो लाग्न बाँकी छ ।  प्लानिङ ब्वाइज क्लब र आरसी ३२ फुटबल एकेडेमीमध्ये एक टिम बढुवा हुनेछ । 

लिगको अन्तिम दिन तीन खेल हुँदै छ । शुक्रबार हुने खेलमा आरसी ३२ र स्पोर्टस् एकेडेमी साँगाबीचको खेल दशरथ रंगशालामा दिउँसो साढे १२ बजे सुरु हुनेछ । यस्तै सोही समय ओसिस क्लब र प्लानिङबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतिस्प्पर्धा हुनेछ ।  अन्तिम खेलमा अपरान्ह साढे ३ बजे विजेता झापा र स्वयम्भू क्लबबीच भिडन्त हुनेछ । 

जारी लिगमा झापा ३१ अंकसहित शीर्षस्थानमा छ । प्लानिङ र आरसी ३२ समान २८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यसअघि नै पुछारमा रहँदै ओसिस क्लब र वीरगञ्ज युथ एकेडेमी रेलिगेशनमा परिसकेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप