आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकद्वारा सशस्त्र प्रहरीका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मङ्गलबार, १७ जेठ २०७९, १७ : ५३
मङ्गलबार, १७ जेठ २०७९

राष्ट्रिय वाणिज्य बैंकले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरुका लागि मङ्गलबार हल्चोकस्थित कार्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।  
कार्यक्रममा बैंकका ब्रान्च अपरेशन विभागकी प्रमुख दुर्गा कँडेल(छत्कुली)ले बैंकमा खाता खोल्ने, केवाइसी, डिजिटल बैंकिङ्ग तथा पेशाकर्मी सरल कर्जा सम्बन्धी प्रशिक्षण दिएकी थिइन् । त्यसैगरी बैंकको सहायक कम्पनी आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले डिम्याट खाता, आस्वा सेवा तथा पूँजीबजार सम्बन्धी प्रशिक्षण दिएका थिए । 

 कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक हेमबहादुर ज्ञवालीले स्वागत मन्तव्य तथा प्रहरी नायब उपरीक्षक ध्रुव केसीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम ब्रान्च अपरेशन विभागका उपप्रबन्धक जितेन्द्र सिंह थापाले सञ्चालन गरेका थिए ।  गत बैशाख १४ गते बैंक र सशस्त्र प्रहरी बल नेपाल बिच सशस्त्र प्रहरी बलका कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्वन्धमा  सम्झौता भएको थियो ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप