सुदूरपश्चिम प्रदेशसभा बैठक : महिलालाई नसमेटेको गुनासो
सुदूरपश्चिम प्रदेशसभाकाे १०औँ अधिवेशनमा बजेटका प्राथमिकता तथा सिद्धान्तमाथि छलफल भइरहेकाे छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।
मंगलबार बसेको प्रदेशसभाको दोश्रो बैठकमा सिद्धान्त र प्राथमिकतामा छलफल सुरू भएको हो । छलफलमा सुझाब राख्ने क्रममा प्रदेशसभा सदस्यहरूले महिलाका बारेमा बजेटको सिद्धान्त र प्राथमिकतामा नपरेकोमा आपत्ति जनाएका छन् ।
प्रदेशसभा सदस्य सुशीला बुढाथोकीले महिलामाथि सुदूरपश्चिममै सबैभन्दा बढी उत्पीडन हुने गरे पनि त्यसलाई न्यूनिकरण गर्ने कुनै योजना नआएको गुनासो गरिन् । महिलालाई आत्मनिर्भर नबनाएसम्म कुरीतिको अन्त्य हुन नसक्ने र आगामी बजेटमा महिला आत्मनिर्भरमुखी योजना ल्याउन उनले सुझाब दिइन् ।
प्रदेशसभा सदस्य भरत खड्काले पनि बजेटको प्राथमिकता र सिद्धान्तमा महिलाका बारेमा केही उल्लेख नभएमा असन्तुष्टि व्यक्त गरे । उनले दलित, महिलालाई कतै नसमेटेर प्राथमिकता सार्वजनिक गरिएकोले बजेटमा त्यसलाई समेट्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो
-
एक महिनापछि बुटवल–गोरुसिङ्गे सडक विस्तार, ७ हजार एक सय रुख काट्ने तयारी
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम