बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रोल्पा कारागारमा सुन्दर​ हरिजनले आत्महत्या गरेको घटना छानविन गर्न समिति बन्यो

मङ्गलबार, १७ जेठ २०७९, १७ : ३९
मङ्गलबार, १७ जेठ २०७९

रोल्पा कारागारमा कैदी सुन्दर हरिजनले आत्महत्या गरेको घटना छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले सह–सचिव सूर्यप्रसाद सेढाईँको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

जेठ ४ मा कैदी हरिजनले झुन्डिएर आत्महत्या गरेका थिए । समितिमा मन्त्रालयका उप–सचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका एसपी भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य छन् ।

स्थलगत रूपमा घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ । समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईले जानकारी दिए ।

यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँ नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाएको छ । हरिजन वास्तविक हत्या आरोपीको बदलामा जेल बसेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप