बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सिभिल अस्पतालले सातवटै प्रदेशमा स्वास्थ्य सेवा उपलब्ध गराउने

मङ्गलबार, १७ जेठ २०७९, १७ : २०
मङ्गलबार, १७ जेठ २०७९

सिभिल अस्पतालले निजामतीतर्फका कर्मचारीलाई प्रदेश तहबाट स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । निजामती अस्पतालका कार्यकारी निर्देशक विधाननिधी पौडेलले पत्रकार सम्मेलनमा निजामती सेवामा कार्यररत कर्मचारीलाई प्रदेशस्तरका अस्पतालबाटै स्वास्थ्य सेवा दिइने तयारी गरिरहेको जानकारी दिए ।

निजामती अस्पतालमा कर्मचारीले उपचार गराउँदा ४०/५० प्रतिशत छुट पाउनका लागि काठमाडौं आउनुपर्ने बाध्यतालाई अन्त्य गर्ने प्रक्रियामा रहेको उनले बताए । ‘निजीमतीतर्फका कर्मचारी जिल्ला प्रदेशमा लिन सकिने स्वास्थ्य सेवाका लागि काठमाडौं धाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘टाढाटाढाका क्षेत्रबाट आउदा आतेजाते खर्च कम लाग्ने, समयको बचत कम हुने भएकाले सिभिल अस्पतालमा आउनुपर्ने बाध्यतालाई सजिलो पार्ने तयारी गरिरहेका छौँ ।’

 प्रदेश नम्बर एक, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशमा सो सेवा सञ्चालन गर्नका लागि प्रदेश तहका अस्पतालहरूसँग समन्वय गरी पहिलो चरणको गोष्ठी सम्पन्न गरिएको कार्यकारी निर्देशक पौडेलले बताए । बाँकी दुई वटा प्रदेशका गोष्ठीको तयारी गरिएको उनले बताए । यस अस्पताललाई रिफरल अस्पतालका रुपमा विकास गर्नका लागि अर्थात् बिरामीको चाप कम गर्नका लागि समेत प्रदेश तह स्वास्थ्य सेवा दिँदा उपयुक्त हुने निर्देशक डा। पौडेल बताउँछन् ।

निजामती कर्मचारीलाई  स्वास्थ्य सेवा सिभिल अस्पतालबाट मात्र नभइ प्रदेश तहबाट पनि आगामी दिनमा सेवालाई विस्तार गर्नुपर्छ भनेर संघिय तथा सामान्य प्रशासन मन्त्रालयको माइलस्टोन प्रोग्राम भएको उनले बताए । संघ अन्तर्गतका कर्मचारीले मात्रै सिभिल अस्पतालले समन्वय गरेका प्रदेश तहका अस्पतालबाट चाँडै स्वास्थ्य सेवा उनले बताए । प्रदेश तहमा उपचार गर्न सम्भव नभएको खण्डमा रिफर भएर आएका निजामती कर्मचारीलाई सेवा दिदाँ  निजामती बाहेकका अन्य धेरै सर्वसाधारणलाई समेट्न सकिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप