शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा मनाइयो सुर्तीजन्य पदार्थ रहित दिवस

मङ्गलबार, १७ जेठ २०७९, १६ : ५२
मङ्गलबार, १७ जेठ २०७९

हेटौंडामा सुर्तीजन्य पदार्थ रहित दिवस मनाइएको छ । सुर्तीजन्य पदार्थ रहित दिवस अवसरमा मंगलबार स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले हेटौंडामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो ।

निर्देशनालयले सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ भन्ने नारालाई सार्थक बनाउन प्रभातफेरी कार्यक्रम गरेको थियो भने दिउँसो सडक नाटक प्रदर्शन र पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रम गरेको थियो । प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न आग्रहका साथ बालबालिकालाई खरिद गर्न पठाउने कार्य बन्द गर्न अनुरोध गरे ।

दिवसको अवसरमा आयोजित अन्तरक्रिया गरिएको थियो । कार्यक्रमका अध्यक्ष स्वास्थ्य निर्देशक महेश्वर मान श्रेष्ठले नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रणमा आम नागरिक जागरुक हुनुपर्ने बताए । उनले सुर्तीजन्य प्रयोगकर्ताहरु नै सजग भए मात्र त्यसको नियन्त्रण सम्भव रहेको बताए । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर शम्भु काफ्लेले सुर्तीजन्य पदार्थको प्रयोगको स्थिती, असर र रोकथामका बारेमा प्रस्तुति दिएका थिए । उनले हरेक वर्ष नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट २७ हजारको मृत्यु हुने तथ्यांक उल्लेख गरेका छन् ।

नेपालमा धुम्रपान गर्नेको संख्या २८.९% (सन २०१९) रहेकोले यसको कारणले २८% मुटुको रोग निम्त्याउने डाक्टर काफ्लेले जानकारी गराए । विश्वमा प्रत्येक वर्ष ८० लाख मानिसको मृत्यु हुने गरेको र २ लाख हेक्टर जमिन उत्पादनमा गर्न प्रयोग हुने गरेको उनले प्रस्तुत गरिएको तथ्यांकमा उल्लेख गरिएको छ । उनका अनुसार सुर्तीजन्य पदार्थबाट लाग्ने रोगको उपचार गर्न १४ हजार खर्ब खर्च भइसकेको काफ्लेले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

हरेक जिल्लामा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्देशक कमिटी रहने भएपनि त्यसले काम गर्न नसकेको प्रस्तुतीकरणमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप