बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वराज पोखरेलसहितको दुई मुद्दा जेठ ३० मा एकसाथ सुनुवाइ हुने

मङ्गलबार, १७ जेठ २०७९, १६ : ११
मङ्गलबार, १७ जेठ २०७९

नेपाल प्रहरीको आईजीपी नियुक्ति र एआईजीको बढुवा विरुद्धको मुद्दाको आगामी जेठ ३० गते एकसाथ सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाल र विश्वम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासले मुद्दाको आगामी जेठ ३० गते एकसाथ सुनुवाइ गर्ने आदेश दिएको हो । 

आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेल अदालतमा रिट दायर गरेका थिए भने  एआईजीको बढुवाविरुद्ध प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए ।  एआईजीको बढुवाविरुद्धको रिटमा अदालतले प्रहरी प्रधान कार्यालय नक्सालको सहयोगमा विद्युतीय माध्यमबाट म्याद तामेल  ७ दिनभित्र गराउन आदेश दिएको छ । यस सम्बन्धमा ३ दिनभित्र जवाफ दिन पनि अदालतले सरकारलाई आदेश दिइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप