शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेवाग्राहीद्वारा तिलोत्तमा-१ को कार्यालयमा तालाबन्दी

मङ्गलबार, १७ जेठ २०७९, १५ : ४६
मङ्गलबार, १७ जेठ २०७९

रुपन्देहीको तिलोत्तामा नगरपालिका वडा नम्बर १ को कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । नयाँ जनप्रतिनिधि आएपनि अत्यावश्यक काम नभएको भन्दै मंगलबार सेवाग्राहीले तालाबन्दी गरेका हुन् ।

वडाका अध्यक्ष फसुराम गिरी आफू कार्यालय नआएको र अरुलाई पनि कार्यवाहकको जिम्मेवारी नदिएको सेवाग्राहीले बताएका छन् । उनलाई  पटक पटक फोन गर्दा पनि फोन नउठाउने र फोन काट्ने गरेपछि वाध्य भएर तालाबन्दी गरेको सेवाग्राही चिरञ्जीवी देवकोटाले  रातोपाटीलाई बताए ।

उनले उक्त वडाको डाईभर टोलमा चौकिल्ला बनाउनका लागी  लगातार तीन दिनसम्म जाँदा पनि काम नभएको गुनासो गरे । उनले आफू जस्तो धेरै भएको र सवैको सहमतिमा तालाबन्दी गरेको बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप