बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

चुनावपछि बैंकमा १३ अर्ब रुपैयाँ फर्कियो

मङ्गलबार, १७ जेठ २०७९, १५ : ४०
मङ्गलबार, १७ जेठ २०७९

स्थानीय निर्वाचन सम्पन्न भएसँगै बैंकमा धमाधम पैसा फर्किन थालेको छ । जेठ १ गतेयता २७ वटा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले बढेको हो । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार जेठ ६ गतेदेखि १३ गतेसम्ममा बैंकहरुको निक्षेप थप ६ अर्बले बढ्दै ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात जेठ १ गतेदेखि ६ गतेसम्ममा ७ अर्ब रुपैयाँले बढेको थियो । 

यता निक्षेप बढेसँगै बैंकहरुले कर्ता लगानी समेत बढाएका छन् । संघको रिपोर्ट अनुसार पछिल्लो हप्ता अर्थात जेठ ६ गतेदेखि १३ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले ४ अर्बले कर्जा बढाउँदै कुल ४१ खर्ब ९८ अर्ब लगानी गरेका छन् । 

यस्तो लगानी अघिल्लो हप्ता अर्थात् जेठ १ गतेदेखि ६ गतेसम्ममा ३ अर्ब रुपैयाँले बढाउँदै बैंकहरुले कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँ लगानी गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप