शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले स्थानीय तह चुनावमा निष्पक्षता कायम गर्न नसकेको लोसपाको ठहर

मङ्गलबार, १७ जेठ २०७९, १५ : २१
मङ्गलबार, १७ जेठ २०७९

 लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारले निष्पक्षता कामय गर्न नसकेको बताएका छन् । 

अध्यक्ष ठाकुरले मंगलवार एक विज्ञप्ति गर्दै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारले निष्पक्षता कायम गर्न नसकेको ठहर गर्दै विभिन्न स्थानहरुमा सत्ता गठबन्धनका घटक दलहरुले धाँधली र राज्य शक्तिको दुरुपयोग गरेको दावी गरेका हुन् । 

उनले विज्ञप्तिमा भनेका छन्, ‘भविष्यको निर्वाचनको समयमा हुनसक्ने अलोकतान्त्रिक गतिविधि, धाँधली र शक्तिको दुरुपयोग विरुद्ध आम मतदाता, लोसपा पार्टी पक्ति, विशेष गरी निर्वाचन आयोग र सुरक्षा निकायहरुको थप सचेत र सजग रहन पार्टी सम्बद्ध सबैसँग आग्रह गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप