बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा ३५ अंकको गिरावट, १ अर्ब ३१ करोडको मात्र कारोबार

मङ्गलबार, १७ जेठ २०७९, १५ : १७
मङ्गलबार, १७ जेठ २०७९

मंगलबार सेयर बजार सूचक नेप्सेमा ३५ अंकमाथिको गिरावट आएको छ । बजार खुलेदेखि नै निरन्तर घट्दो दरमा रहेको नेप्से सूचक अन्तिसमयसम्म आइपुग्दा ३५.५३ अंकले घट्दै २१ सय ३७.९२ विन्दुमा रोकिन पुगेको हो ।

अघिल्लो दिन ५० अंकमाथिले घट्दै नेप्से सूचक २१ सय ७६ विन्दुमा झरेको थियो । यस दिन समग्र सूचकमा ३५ अंकको गिरावट आउँदै गर्दा कारोबार रकम समेत १ अर्ब ३१ अर्बमा सीमित हुन पुगेको छ । कुल २२९ कम्पनीका झण्डै ३७ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा आज जम्मा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । 

१३ वटा उपसूचक मध्ये म्युचुअल फन्ड बाहेकका अन्य १२ वटा उपसूचकहरु ऋणात्मक भएका छन् । सबैभन्दा बढी निजीवन बीमाका लगानीकर्ताहरूले आज २.५६ प्रतिशतले गुमाएका छन् भने म्युचुअल फन्डका लगानीकर्ताहरूले ०.४५ प्रतिशतले कमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप