श्रीलंकासँग दोहामा अभ्यास खेल खेल्ने नेपालको तयारी

एएफसी एसियन कप २०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले तेस्रो अभ्यास खेल खेल्ने भएको छ । कतारमा प्रशिक्षणरत नेपाली टोलीले टिमोर लिस्टेसँग एक अभ्यास खेल खेलिसकेको छ । २–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २–२ को बराबरी गर्न सफल भएको थियो ।
यस्तै, ओमानविरुद्ध शुक्रबार खेल्ने तालिका रहेको छ । नेपालले अभ्यास दौरान श्रीलंकासँग दोहामै तेस्रो खेल खेल्ने तयारी गरेको छ । हाल श्रीलंकाको राष्ट्रिय टिमसमेत दोहामै अभ्यासरत छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले अभ्यासको लागि तयारी भइरहे पनि पक्का नभइसकेको जानकारी गराए ।
‘दोहामा रहेको टिमले अभ्यासको लागि कुराकानी गरिरहेको छ । तर, पक्का भइसकेको छैन ।’ उनले भने । एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम कुवेत पुग्नेछ । समूह ‘बी’मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा कुवेत र ३१ जेठ इन्डोनेसियासँग खेल्नेछ । श्रीलंकासँगकाे खेलकाे मिति भने तय भएकाे छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीका कारण अमेरिकामा वनमा लागेको आगो नियन्त्रण बाहिर, तीन जनाको मृत्यु
-
२४ घण्टामै युक्रेन युद्ध सल्टाउँछु भनेर ठट्टामा भनेको थिएँ : ट्रम्प
-
समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने (विज्ञप्ति)
-
आगामी महिना श्रीलङ्का जाँदैछन् मोदी ?
-
अलपत्र अन्तरिक्षयात्री ल्याउन स्पेसएक्सले पठायो अन्तरिक्षयान
-
‘स्ववियु कुनै सत्ता होइन, एउटा वैधानिक प्रतिपक्षी मञ्च हो’