बजेटमा ठोस कार्यक्रम छैन : एमाले सांसद दाहाल
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद कृष्णप्रसाद दाहालले जोखिमको डिलमा पुगेको अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमबिना नै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सांसद दाहालले मुलुकको अर्थतन्त्रको चुनौतीलाई बेवास्ता गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप समेत लगाए ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले चालू खाता घाटा, व्यापार घाटा, शोधनान्तर घाटा, घट्दो मुद्रा संचितिलाई सम्बोधन गर्ने कुनै ठोस कार्यक्रम बजेटमा नभएको उल्लेख गरे । सांसद दाहालले बजेटले वैदेशिक मुद्राको संचिति, आन्तरिक सन्तुलनमा पनि ध्यान दिन नसकेको बताए ।
सांसद दाहालले कर्जा प्रवाहले उत्पादकत्व नबढाएको उल्लेख गर्दै त्यसको प्रयोगबारे अनुसन्धान गर्ने कार्यक्रम समेत बजेटमा समावेश नगरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन
-
एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने