शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट चुनावमुखि छैन जसपा, बजेट वितरणमुखी भयो लोसपा

मङ्गलबार, १७ जेठ २०७९, १४ : ५३
मङ्गलबार, १७ जेठ २०७९

जनता समाजवादी पार्टी, नेपालकी सांसद रेनुका गुरुङले सरकारको आगामी आर्थिक वर्षको बजेटलाई चुनावी बजेट भन्नु सान्दर्भिक नहुने बताएकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले सरकारले प्रस्तुत गरेको आ.व. २०७९/८० को बजेटलाई पपुलिष्ट तथा चुनावी बजेट भन्नु सन्दर्भिका नहुने बताएकी हुन् । 

उनले राज्यको दायित्वको रुपमा किसानलाई पेन्सन योजना, मृगौला प्रत्यारोपण तथा पक्षघात भएका विरामीलाई औषधि उपचारको लागि खर्च, भूमिहीनलाई आवास निर्माण, जेष्ठ नागरिकलाई सामाजिक सुरक्षामा वृद्धि र राष्ट्रसेवक कर्मचारीको तलबमा वृद्धि गरिएको स्पष्ट पारिन् ।  उनले यो बजेटले जनताको आर्थिक तथा सामाजिक स्तरमा अभिवृद्धि गर्न, स्वदेशमा औद्योगिक उत्पादन बढाउन, आयात घटाउन, निर्यात वृद्धि गर्न र पूर्वाधारमा लगानी बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

त्यसैगरी प्रतिनिधिसभा बैठकमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिल कुमार झाले बजेट वितरणमुखी भएको बताए । आगामी संघ र प्रदेशको निर्वाचनका लागि कार्यकर्ता केन्द्रीत गरेर बजेट ल्याइएको उनले बताए । उनले नदी नियन्त्रण, तटबन्ध तथा बाँध निर्माण, पुनःनिर्माणको विषयलाई बजेटमा प्राथमिकता नदिएको भन्दै आपत्ति जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप