शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नविन र मेलिनाले गाए डान्सिङ गीत ‘मन परेरै हो’

मङ्गलबार, १७ जेठ २०७९, १४ : ३६
मङ्गलबार, १७ जेठ २०७९

लोक गायक नविन पौडेलको नयाँ गीत ‘मन परेरै हो’ सार्वजनिक भएको छ । गीतमा पौडेललाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् ।

दिग्गज धौरालीको शब्द रहेको गीतमा गायक पौडेलकै संगीत छ । गीतको एरेन्ज कृष्ण विकले गरेका हुन् । डान्सिङ प्याटमा बनेको गीतको आकर्षक भिडियो निर्माण भएको छ । जसमा दिनेश पौडेल, विवेक खड्का, सविना गुरुङ, सरु राई, रचना दर्नाल, सोनी विक र नवराज मगरको अभिनय देख्न सकिन्छ ।

गीतको भिडिओलाई विवेक खड्काले सम्पादन तथा निर्देशन गरेका हुन् । गायक नविनका यस अगाडि सार्वजनिक थुप्रै गीत हिट भएका छन् । ‘लेउ खुकुरी लेउ’, ‘के सम्झनु छ र जान्न म त त्यो घर’, ‘फूलेको तोरीलाई हुर्किएकी छोरीलाई जोगाउनै गाह्रो’ लगायत रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप