बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारी सुर्खेतमा, बुधबार बडिमालिकाको दर्शन गर्ने

मङ्गलबार, १७ जेठ २०७९, १४ : १८
मङ्गलबार, १७ जेठ २०७९

राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आइपुगेकी छन् । राष्ट्रपति भण्डारी अनौपचारिक भ्रमणका लागि सुर्खेत आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद पाण्डेले जानकारी दिए ।

भण्डारी बाजुराको बडिमालिका जाने कार्यक्रम रहेको बताइएको छ । भण्डारी ले बडिमालिकाको दर्शन गरेर बुधबार काठमाडौं फर्किने पाण्डेले जानकारी दिए ।  

उनका अनुसार भण्डारी नेपाली सेनाको पश्चिम कमाण्डमा अनौपचारिक छलफल गर्ने छिन् । उनका अनुसार भण्डारीको औपचारिक कार्यक्रम छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप