बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

दुध उत्पादन बर्सेनि बढ्दै, ६ वर्षमा औसत वृद्धिदर ५.८५ प्रतिशत

मङ्गलबार, १७ जेठ २०७९, १४ : ०९
मङ्गलबार, १७ जेठ २०७९

 राष्ट्रिय दुग्ध विकास बोर्डले नेपालमा दुध उत्पादन बर्सेनि बढ्दै गएको जनाएको छ । बोर्डले विगत ६ वर्षको तथ्याङ्कका आधारमा नेपालमा दुध उत्पादन बर्सेनि बढेको जनाएको हो । बोर्डका अनुसार आर्थिक वर्ष २०७२/७३ मा नेपालमा १८ लाख ५४ हजार २४७ मेट्रिक टन दुध उत्पादन भएको थियो । आर्थिक वर्ष २०७३÷७४ मा दुध उत्पादन बढेर १९ लाख ११ हजार २३९ मेट्रिक टन पुगेको बोर्डको भनाइ छ ।

यस्तै, आर्थिक वर्ष २०७४/७५ मा २० लाख ९२ हजार ४०३ मेट्रिक टन दुध उत्पादन हुँदा आर्थिक वर्ष २०७५/७६ मा बढेर २१ लाख ६८ हजार ४३४ मेट्रिक टन पुगेको बोर्डले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ मा २३ लाख एक हजार मेट्रिक टन दुध उत्पादन भएकोमा आर्थिक वर्ष २०७७/७८ मा बढेर २४ लाख ७९ हजार ८९९ मेट्रिक टन उत्पादन भएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार पछिल्लो ६ वर्ष औसत वार्षिक ५ दशमलव ८५ प्रतिशतले दुध उत्पादन वृद्धि भएको छ । बोर्डका अनुसार उत्पादित दुधमध्ये ५० प्रतिशत दुध उत्पादक कृषकले नै खपत गरेका छन् भने कुल उत्पादनको करिब १७ प्रतिशत औपचारिक क्षेत्रबाट खरिदविक्री हुँदै आएको छ । यस्तै, करिब ३३ प्रतिशत दुध भने निजीस्तरमा मिठाई पसल, चिया पसल, लज/रेष्टुरेन्टमा खपत हुने गरेको बोर्डको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप