शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तारा एयर दुर्घटना : बाँकी शव काठमाडौँ ल्याइयो, तस्बिरहरु

मङ्गलबार, १७ जेठ २०७९, १३ : ५८
मङ्गलबार, १७ जेठ २०७९

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव आज काठमाडौँ ल्याइएको छ । योसँगै तारा एयरको  ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ ।

विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो । बाँकी शवहरूलाई आधार स्थल कोबाङ ल्याएर त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौँ ल्याएको हो ।  १० जनाको शव सोमबार नै काठमाडौँ ल्याइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप