
जनता काँग्रेसलाई जिताउन आतुर छन् भन्ने निर्वाचन परिणामले देखायोः नेता पौडेल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनता नेपाली काँग्रेसलाई जिताउन आतुर छन् भन्ने कुरा स्थानीय निर्वाचनको मत परिणामले देखाएको बताएका छन् । उनले आगामी प्रदेश र संघीय निर्वाचनमा काँग्रेसलाई बलियो रुपमा स्थापित गर्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्नेमा पनि जोड दिए ।
नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ७ (ख) विद्यार्थी विभागले मंगलबार आयोजना गरेको क्षेत्र नम्बर सात अन्तर्गतका नगर र वडाबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै पौडेलले जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।
‘स्थानीय निर्वाचनमा पाएको मतबाट जनता काँग्रेसलाई भोट हाल्न आतुर छन् भन्ने देखाएको छ। प्रदेश र संघीय निर्वाचन आउँदै छ, आगामी दिनमा पनि मतदातालाई आकर्षित गर्न सक्नुपर्छ’, उनले भने, ‘यसका लागि पार्टीले पनि स्पष्ट दृष्टिकोण निर्माण गर्छ । जनजिविकाका मुद्दाहरुलाई हाम्रो मुद्दा बनाउन सक्नुपर्छ ।’
सो क्रममा उनले जनप्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामनासमेत दिएका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ