बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

भोलि विश्व दुध दिवस, सातै प्रदेशमा मनाउने यस्तो छ तयारी

मङ्गलबार, १७ जेठ २०७९, १३ : २६
मङ्गलबार, १७ जेठ २०७९

 विश्व दुध दिवस सातै प्रदेशमा मनाउने तयारी गरिएको छ । जुन १ तारिखका दिन विश्वभर दुध दिवस मनाउने गरिन्छ । नेपालमा भने सन् २०११ बाट विश्व दुध दिवस मनाउन थालिएको हो । राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार बोर्डकै संयोजकत्वमा सरोकारवाला निकायहरु, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लि., नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लि. तथा नेपाल डेरी साइन्स एसोसिएसनको सहयोगमा वृद्धवृद्धालाई दुग्धपान, दुग्ध क्षेत्रमा योगदान पु¥याउने विशिष्ट व्यक्तिलाई सम्मान जस्ता कार्यक्रमसहित दिवस मनाउने तयारी छ ।

बोर्डका अनुसार सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रादेशिक दुग्ध विकास बोर्ड, पशु सेवा विज्ञ केन्द्र, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध उद्योग लगायत सरोकारवाला निकायले पनि यो दिवस मनाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप