आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सरकारलाई एमालेको प्रश्न : बुढीगण्डकी जलविद्युत आयोजनालाई बजेट खै ?

मङ्गलबार, १७ जेठ २०७९, १२ : १६
मङ्गलबार, १७ जेठ २०७९

नेकपा एमालेले बुढीगण्डकी जलविद्युत आयोजनालाई छुट्याइएको बजेटसम्बन्धी जानकारी मागेको छ । एक हजार २०० मेगावाट क्षमताको आयोजनालाई छुट्याइएको बजेटबारे एमाले नेता विष्णु पौडेलले जानकारी मागेका हुन् । 

उनले बजेटमाथि छलफल गर्दै सरकारलाई सोधे ‘बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भनिएको छ । यसका लागि कति बजेट छुट्याइएको छ ?’ उनले सरकारले ल्याएको बजेटमा बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भनिए पनि बजेट नछुट्याएको उल्लेख गरे । ‘बजेट भाषण सुन्दै गर्दा बुढीगण्डकी जस्तो ठूलो आयोजना नेपालले आफ्नै लगानीमा बनाउने सक्ने भएछ भनेर खुसी भयौँ,’ पौडेलले भने, ‘तर, त्यसका लागि कति बजेट छुट्याइएको छ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप