कबड्डी–४’ की नायिकाविरुद्ध किन भयो प्रदर्शन ? (तस्बिरहरु)
मङ्गलबार, १७ जेठ २०७९, ११ : २८

‘कबड्डी–४’ की नायिका मिरुना मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन भएको छ । ‘कबड्डी–४’ फिल्म हेर्न गएका फुर्वा लामालाई नायिका मगरको मौखिक उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका लामाको रिहाइ तथा नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै प्रदर्शनकारी सडकमा उत्रिएका हुन् । नायिका मगरले आफूमाथि दुर्व्यवहार गरेको भन्दै लामाविरुद्ध प्रहरीलाई मौखिक उजुरी गरेपछि प्रहरीले लामालाई पक्राउ गरेको थियो ।
प्रदर्शनकारीले नायिका मगर अभिनित चलचित्र ‘कबड्डी ४’को प्रदर्शन रोक्न पनि माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रममा प्रह्लाद बुढाथोकीको ७ बुँदे असहमति
-
ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सेवा सुरु
-
सरकारले नीति तथा कार्यक्रममा प्याराडाइम सिफ्ट गरेको छ : सांसद भट्टराई
-
ज्योति विकास बैंक ‘नेपालपे कार्ड’मा आवद्ध
-
जारी छ राजधानीका मुख्य खोलाहरूको सरसफाइ, तस्बिरहरू
-
‘अब नेपालमै सबैथोक छ भन्ने भाष्य स्थापित गर्न चाहन्छु’ (भिडियोसहित)