मुस्ताङमा दुर्घटना भएको ट्विनअटरको ‘ब्ल्याक बक्स’ फेला
मङ्गलबार, १७ जेठ २०७९, ११ : २०
मुस्ताङमा दुर्घटना भएको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) भेटिएको छ । दुर्घटना स्थल थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा ब्ल्याक बक्स भेटिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई बताए ।
सो ककपिट भ्वाइस रेकर्डर काठमाडौंमा ल्याएर छानविन समितिलाई हस्तान्तरण गरिने प्रवक्ता सिटौलाले बताए । सिटौलाले भने, ‘ककपिट भ्वाइस रेकर्डर भेटिँदा छानविन समितिलाई दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ ।’
विमान दुर्घटनामा परेर ज्यान गुमाएका १० जनाको शव काठमाडौं ल्याइएको छ । थप १२ जनाको शव कोबाङ्गमा केन्द्रित गरेर काठमाडौं पठाउन लागिएको मुस्ताङका डिएसपी रामकुमार दानीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्सिरमा घरजग्गा कारोबार रकम र राजश्व सङ्कलनमा वृद्धि
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन