आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

आईजीपी नियुक्तिविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठ र चुडालको इजलाशमा

मङ्गलबार, १७ जेठ २०७९, ११ : ०७
मङ्गलबार, १७ जेठ २०७९

नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका न्यायाधीश कुमार चुडाल र विश्वरम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासमा तोकिएको छ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
 
मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पुर्ण सुनुवाइका लागि पेश गर्न आदेश गरेकी थिइन् । आईजीपी नियुक्ति विवादमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेको थियो ।
 
मंगलबार आईजीपी नियुक्ति बिरुद्ध परेको रिट र पूर्व डिआईजीहरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले एआईजीपी बढुवा बिरुद्ध हालेको रिट सँगै सुनुवाई हुने भएको छ । एआईजी बढुवा बिरुद्धको रिट पनि न्यायाधीश श्रेष्ठ र चुडालको संयुक्त इजलासमा लगाउमा राखिएको छ । घनश्याम अर्याल सहित ३ जना डीआईजीले अहिलेका आईजीपी धिरज प्रताप सिंह र रविन्द्र बहादुर धानुकलाई बरियता मिचेर बढुवा गरेको भन्दै रिट दायर गरेका थिए ।
 
आईजीपी विवादबारे न्यासर्वोच्च अदालतले धिरज प्रताप सिंहको व्यक्तिगत फाइल, उनलाई बढुवा गर्ने प्रस्ताव र मन्त्रिपरिषद्को निर्णय मिसिल झिकाएन आदेश जारी गरेको छ । आईजीपी सिंहले वैशाख १९ मा दर्ज्यानी चिन्ह लगाएर प्रहरीको कमाण्ड सम्हालिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप