आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कटारीका नगर प्रमुख श्रेष्ठको निर्णय : आफ्नो सेवा सुविधा विपन्न तथा गरिवीको स्वास्थ्य शिक्षामा लगानी

मङ्गलबार, १७ जेठ २०७९, ०९ : ५२
मङ्गलबार, १७ जेठ २०७९

उदरपुरको कटारीका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले आफूलाई प्राप्त सेवा सुविधा वापतको रकमबाट नगरका विपन्‍न परिवारलाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने बताएका छन् । सोमबार नगर प्रमुख पदभार ग्रहण गरेका उनले त्यसका लागि कोष स्थापना गर्ने बताए । 

आफूले पाउने सेवा सुविधालाई जनताको भविष्यसँग जोड्न चाहेको उनको भनाइ छ । यस्तै, श्रेष्ठले जनताका काममा आफू सँधै सहज रूपमा उपलब्ध हुने र सकारात्मक रहने बताए । 

नगर प्रमुखको रूपमा उनको पहिलो निर्णय नगरको सेवालाई चुस्तदुरुस्त, पारदर्शी, मितव्यी, प्रभावकारी, जनमुखी र सेवाग्राहीमैत्री बनाउन सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्ने रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप