पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा उडान रोकियो
मङ्गलबार, १७ जेठ २०७९, ०९ : ३६
पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बिहान हवाईजहाजमा तेल हाल्न जाने क्रममा ट्याङकर पल्टिएपछि विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेको जानकारी दिनुभयो ।
आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्याङ्कर पल्टिएको हो । अहिले क्रेनको सहायताले उठाउने काम भइरहेको उनले बताए।
उनले भने, “रिफ्युलर’ ट्याङ्कर पल्टिएकाले अहिले यहाँबाट हुने सम्पूर्ण उडान रोकिएको छ । क्रेनको मद्दतमा त्यसलाई हटाउन सुरु गरेका छौँ, आधा घण्टापछि सञ्चालन होला ।” ट्याङ्कर उठाएर विमानस्थलमा पोखिएको तेल सफा गरेपछि उडान सञ्चालन हुने बताइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा हिउँदे आलुखेती विस्तार
-
प्रथम 'गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८१' को उत्कृष्ट ५ सार्वजनिक
-
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
-
हेटौँडा–काठमाडौँ रोपवे पुनः सञ्चालन गर्न अध्ययन गर्दै प्रदेश सरकार, चलाउन कति सम्भव ?
-
अर्जुनधारा र जापानको तोनो सिटीबिच भगिनी सम्बन्ध स्थापना
-
भ्युटावर हेर्न गएका तारणी ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएनन्