बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

क्यानडामा बन्दुकको खरिद बिक्रीमा प्रतिबन्ध लगाइने

मङ्गलबार, १७ जेठ २०७९, ०८ : ३९
मङ्गलबार, १७ जेठ २०७९

प्रभावकारी रूपमा बन्दुकको आयात र बिक्रीमा नियन्त्रण गर्न प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार क्यानडामा ह्यान्डगन स्वामित्वमा प्रतिबन्ध लगाउने प्रस्ताव पेस गरेका छन् । मिडियासँग कुरा गर्दै ट्रुडोले भने, ‘हामी ह्यान्डगन (साना हतियार) स्वामित्वमा प्रतिबन्ध लागू गर्न कानुन ल्याइरहेका छौँ। क्यानाडामा कहीँ पनि ह्यान्डगनको खरिद र बिक्रीमा प्रतिबन्ध लगाइनेछ।’

अमेरिकामा भर्खरै विद्यालयमा भएको गोलीकाण्डपछि यस्तो निर्णय गरिएको हो । विधेयक संसदबाट पारित हुन बाँकी छ भने सत्तारुढ दल संसदमा सिट अभाव छ । यो कानून पारित गर्न ट्रुडोका लागि पनि चुनौती हुनेछ। यस विषयमा पत्रकारहरूसँग कुरा गर्दै ट्रुडोले भने, ‘हामी ह्यान्डगनको बजारलाई सीमित गर्दैछौँ।’ 

अप्रिल २०२० मा ग्रामीण नोभा स्कोटियामा क्यानाडाको सबैभन्दा भयानक सामूहिक गोलीबारीमा २३ जनाको ज्यान गएको केही दिनपछि, सरकारले १,५०० प्रकारका सैन्य-ग्रेड वा आक्रमण-शैली हतियारहरूमा प्रतिबन्ध लगाएको थियो। ट्रूडोले सोमबार बन्दुक हिंसा बढ्दै गएको स्वीकार गरे।

क्यानाडाको सरकारी एजेन्सीले गत हप्ता रिपोर्ट प्रकाशित गरेको रिपोर्टमा बन्दुकसँग सम्बन्धित हिंसात्मक अपराधहरू क्यानाडामा भएका सबै हिंसात्मक अपराधहरूको तीन प्रतिशतभन्दा कम छन्। बन्दुक अपराधको दुई तिहाइ भाग सहरी क्षेत्रसँग जोडिएको थियो । सार्वजनिक सुरक्षा मन्त्री मार्को मेन्डिसिनोले देशमा करिब १० लाख ह्यान्डगनहरू रहेको अनुमान गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप