बिना कागजात नेपालमा घुमिरहेको भारतीय कार नियन्त्रणमा

पूर्वी नेपालको भारतीय सीमा–नाका हुँदै विना रोकटोक हप्तौँ सम्म नेपालका विभिन्न स्थानमा घुमफिर गरेको भारतीय नम्बर प्लेटको कारलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । भारत–नेपाल सीमा–नाका रुपन्देहीको बेलहियाबाट गत राति जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त प्रहरी गस्तीले नियन्त्रणमा लिएको हो ।
रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौड्यालका अनुसार एमपी १९ सिसी ६६०२ लेखिएको भारतीय नम्बर प्लेटको कारलाई प्रहरीले रोकी चेकजाँच गर्ने क्रममा कारको नेपाल तर्फ प्रवेश गर्ने कुनै आधिकारिक भन्सार पत्र नभएको र अन्य कागज पत्र पनि नपाइएका कारण सोधपुछ गर्न सुरु गरेको थियो ।
त्यस क्रममा कारमा सवारहरूले आफूहरू इलामको पशुपतिनगर सीमा नाका हुँदै भारतबाट नेपाल प्रवेश गरी एक हप्ता सम्म पोखरा , काठमाडौँ लगायतका स्थानमा घुमीफिर गरी भारत तर्फ जान लागेको बताएका थिए । त्यसरी विना भन्सार अवैध ढंगले नेपाल प्रवेश गरी बिना रोकटोक हप्ता दिन सम्म नेपालका विभिन्न सहरमा घुमफिर गरेको प्रति आशङ्का गरी प्रहरीले उक्त कारको अन्दाजी मूल्य २० लाख बराबरको तोकी नियन्त्रणमा लिई भैरहवा भन्सार कार्यालयमा बुझाएको थियो । प्रहरीले त्यस कारमा सवार मानिसहरूको नाम विवरण र सङ्ख्या भने खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय