शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

प्रदेश १ सरकारको बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता सार्वजनिक (पूर्णपाठ)

सोमबार, १६ जेठ २०७९, २१ : २५
सोमबार, १६ जेठ २०७९

प्रदेश १ सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बजेटको प्राथमिकता पेस गरेका हुन् ।

प्रदेश सरकारको प्राथमिकतामा कृषि क्षेत्रको बढ्दो व्यापारघाटालाई लक्षित गरी कृषि तथा पशुपंक्षीजन्य वस्तुको उत्पादन वृद्धि गर्न उन्नत बिउ, बेर्ना र उन्नत पशुनश्लको सहज उपलब्धता सुनिश्चित गर्ने, कृषि उत्पादनलाई सहकारी र निजी क्षेत्रको सहकार्यमा प्रशोधन र उद्योगहरुसँग जोड्न नमूना कार्यक्रमहरुको सुरुवात गर्ने उल्लेख छ ।

यस्तै रासायनिक मलमाथिको परनिर्भरता कम गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने, दीर्घकालीन रूपमा माटो सुधार र प्राङ्गारिक खेती प्रबर्द्धन गर्ने, पशुपंक्षी, मत्स्यपालन, मह, च्याउ र तरकारीलगायतका बाली उत्पादन प्रबर्द्धन कार्यक्रमलाई प्राथमिकता दिने योजना पनि प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।

बाली र पशुपंक्षीको बजारीकरणमा सहकारी, निजी तथा अन्तर सरकार समन्वय, सहयोग र सहकार्य गर्ने, उद्योग सञ्चालनका लागि पूँजी, प्रविधि तथा सूचनामा पहुँच अभिवृद्धि गर्दै लघु, घरेलु तथा साना उद्योग प्रबर्द्धन गरिने, सार्वजनिक निजी साझेदारीमा औद्योगिक ग्राम सञ्चालनको व्यवस्था मिलाउने पनि बजेटको प्राथमिकतामा छ ।

यस्तै प्रदेश सरकारले भौतिक पूर्वाधार विकास, स्वास्थ्य सेवा तथा सामाजिक विकास, पर्यटन क्षेत्रको प्रबर्द्धन, सहरी तथा गरिबी निवारण, वन, वातावरण संरक्षण र विपद् व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह र सुशासनको विषयमा विभिन्न ४७ बुँदे प्राथमिकता उल्लेख छ ।

बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता (पूर्ण पाठ)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप