मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपी पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

सोमबार, १६ जेठ २०७९, २० : ४०
सोमबार, १६ जेठ २०७९

बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

शरीर बन्धक बनाएर सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो । सुन्दरी प्रतियोगिता आयोजक पाण्डेले आठ वर्षअघि एभरेष्ट होटलमा बन्धक बनाएर बलात्कार गरेको पिडित युवतीको आरोप छ । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप