शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

संघीय बजेटको उपेक्षामा मुगु

सोमबार, १६ जेठ २०७९, २० : ३५
सोमबार, १६ जेठ २०७९

आइतबार अपराह्न ४ बजे नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्माले झण्डै २ घण्टाभन्दा लामो समय लगाएर संघीय बजेट सार्वजनिक गरे । १७ खर्ब ८३ अरब ८३ करोड बजेट सार्वजनिक गर्दा मुगुलाई समेटिने गरी खासै कार्यक्रम आउन सकेन ।
 
यहाँका सडक, पर्यटकीय स्थल, धार्मिक स्थल, ग्रामीण सडक होस वा पर्यटकीय मार्ग कुनै विषयलाई समेटिने गरी ठोस बजेट विनियोजन नगरिएको स्थानीयको गुनासो छ । वर्षौदेखि स्तरोन्नति हुन नसकेको नाग्म गमगढी सडक बजेटमा समावेश गरिए पनि खासै बजेट विनियोजित रकम कति हो भनेर तोकिएको छैन ।  अर्को कर्णाली प्रदेशको मुख्य पर्यटकीय स्थल रारा र धार्मिक पर्यटकीय स्थल प्रसिद्ध धाम छायानाथ पर्यटकीय पथ मार्गको विकास लागि निजी क्षेत्रलाई अनुरोध  गर्ने भनिए पनि कुन निकाय कसलाई भनिने कुनै निश्चित नगरिँदा यहाँका नागरिक अलमलमा परेका छन् । यसले मुगुलाई राज्यले सधैँ उपेक्षित गरेको बुझिन्छ । 

बजेटमा रारा खप्तड पर्यटकीय पथमार्ग, गमगढी नाक्चे लाग्ना सडक खण्ड र गोठिजिउला कालाकाडा खत्याड सडक लगायत नाम कतै सुनिएन । बर्सेनि संघीय बजेट सार्वजनिक गरिन्छ तर दुर्गम जिल्ला मुगुका कुनै गौरवका योजना कहिले समेटिँदैन  । चीनको नाकासँग जोडिने गमगढी नाक्चे लाग्ना सडक होस वा संसारमा परिचित  पर्यटकीय स्थल रारा र छायानाथ धाम जस्ता धार्मिक स्थलको लागि कहिले लोकप्रिय बजेट सरकारले ल्याउन नसक्नु मुगु र मुगाली जनतालाई सधैँ उपेक्षा गरिएको नागरिक समाज मुगुका अध्यक्ष रूपबहादुर मल्लले बताए ।

गमगढी नाक्चेलाग्नासम्मको सडकको नामै नसुनिएको रारा छायानाथ पर्यटकीय पथमार्ग बनाउनबारे निजी क्षेत्रलाई आग्रह गरिने कुराले मुगुलाई साँच्चै संघीय सरकारले उपेक्षामा राखेको मल्लको भनाइ छ । वर्षेनी संघीय बजेट आउँछ जान्छ तर मुगु र मुगालीको लागि कुनै गौरवको योजना समेटिने गरी ठूलो बजेट सरकारले छुट्याउन सकेको छैन र  कन्जुस्याइँ गरेको स्थानीयको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप