खेलकुद क्षेत्रका समस्या समाधान गर्नेगरी बजेट आयो : अध्यक्ष श्रेष्ठ
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रमा भएका समस्या निराकरण गर्ने किसिमको बजेट आएको बताएका छन् । आइतवार अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन भएको विषयमा चर्चा गर्दै अध्यक्ष श्रेष्ठले बजेट घटेर आएपनि खेलाडीको हक हितका लागि बजेट आएको बताएका हुन् ।
आगामी आर्थिक वर्षको खेल क्षेत्रको बजेट चालु आर्थिक वर्षको भन्दा २८ करोडले कमी हो । खेलकुद क्षेत्रका समस्याहरुलाई निराकरण गरेर खेल क्षेत्रबाट राष्ट्रको गौरव बढाउने, खेलाडीहरूको भविष्य सुनिश्चित गर्ने र खेल क्षेत्रलाई बिस्तार गर्ने बजेट सकारात्मक भएको अध्यक्ष श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले बढी मात्रामा क्रिकेटलाई प्राथमिकता दिएको, अन्य सम्भावना भएका खेलको विषयमा भने बजेटलाई प्राथमिकता नदिएको टिप्पणी गरे । खेलकुदमा खेलाडीलाई टिकाउन लागि उपलब्ध गराउनुपर्ने सेवा सुविधामा कमजोरी भएको अध्यक्ष श्रेष्ठले बताए ।
चालु आर्थिक वर्षमा सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । विविध कारणले चालु आर्थिक वर्षमा छुट्टयाइएको बजेट सदुपयोग हुन नसक्दा सरकारले नयाँ आर्थिक वर्षमा खेलकुदको बजेट घटाएको कतिपयले विश्लेशण गरेका छन् । सरकारले खेलकुद पर्यटनको प्रवद्र्धनका लागि सार्वजनीक निजी साझेदारीमा शाहसीक तथा पर्वतीय खेलकुदका पूर्वाधार निर्माण तथा सञ्चालन गर्न प्रोत्साहन गरिने व्यवस्था बजेटमा गरेको छ । जुम्लाको कोप्लापाटन लगायतका स्थानमा हाइअल्टिच्युड एण्ड स्पोर्टस सेन्टर स्थापना गर्न बजेट विनियोजन गरेको बजेटमा उल्लेख गरेको छ भने निर्माणाधिन केही पूर्वाधारलाई पूरा गर्ने पनि जनाएको छ । यस्तै सरकारले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुदमा प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीको बीमाको प्रवन्ध गर्ने जनाएको छ भने एशियाली र ओलम्पिक खेलमा पदक विजेता खेलाडीलाई आजीवन भत्ताको व्यवस्था बजेटमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन