बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटमा नाडाको मिश्रित प्रतिक्रिया

सोमबार, १६ जेठ २०७९, १८ : ३२
सोमबार, १६ जेठ २०७९

 नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९÷८० को सन्दर्भमा आफ्नो मिश्रित प्रतिक्रिया दिएको छ । बजेटमार्फत सरकारले औद्योगिक विकाससँगै, एम्बुलेन्स, शबवहान लगायतका हल्का सवारी साधन रिक्सा, मोटरसाइकल र स्कुटरमा लाग्ने स्पेयर पाटर्सहरुमा लाग्ने कर १ प्रतिशत कायम गरिनु र २०० सीसी इन्जिन क्षमतासम्मका मोटरसाइकलमा कर सहुलियत दिनु सकारात्मक पक्ष भएको बताएको छ । यस्तै, स्वदेशमै गाडी उत्पादनमा प्रोत्साहन गर्ने गरी एसेम्बलिङ उद्योगहरुलाई सहुलियत दिनु स्वागतयोग्य बताएको छ । 

तर, सँगै बजेटले १०० किलोवाट क्षमता भन्दा बढीका विद्युतीय सवारी साधन तथा २०० सिसी भन्दा माथिका कम्बसन इन्जिन भएका मोटरसाइकलहरूमा जुन किसिमले अन्तःशुल्क तथा भन्सार महशुलमा बृद्धि गरिएकोे छ, त्यसले उच्च किलोवाट क्षमता भएका विद्युतिय तथा कम्बसन इन्जिन भएका सवारी साधन व्यवसायीहरुलाई आफनो व्यवसाय सञ्चालन गर्न कठीन मात्र हुने नभई आफनो व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आउने देखिएको नाडाले बताएको छ । यसका लागि सरकारले यी गाडीमा लाग्ने महशुलमा केही सुधार गर्नुपर्ने आवश्यकता देखिएको नाडा बताएको छ । 
त्यसैगरी बजेटले सवारी साधन खरिद गर्न चाहनेहरुले मात्र अनिवार्य रुपमा पि.ए.एन कार्ड लिएको हुनु पर्ने व्यवस्था गरेकोमा यस्तो व्यवस्था सवारी साधन खरिद गर्न चाहनेहरुका लागि मात्र लागू गरिनु न्यायोचित नदेखिने बताएको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप