सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

वार्षिक १० करोड रुपैयाँ बराबरको विद्युत उपभोग गर्ने उद्योगलाई महशुलमा १५ प्रतिशत छुट

सोमबार, १६ जेठ २०७९, १८ : १२
सोमबार, १६ जेठ २०७९

सरकारले आगामी आर्थिक वर्षबाट वार्षिक १० करोड रुपैयाँभन्दा बढी विद्युत प्रयोग गर्ने उद्योगलाई महशुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिने भएको छ । आइतबार आर्थिक वर्ष २०७९÷८० को अनुमानित आय व्ययसहितको वार्षिक बजेट सार्वजनिक गरेको सरकारले यस्तो नीति ल्याएको हो ।

औद्योगिक विकाससँगै उत्पादनमा जोड दिने र जलविद्युतको खपत स्वदेशमै बढाउने बताएको सरकारले उद्योग प्रोत्साहनका लागि यस्तो छुटको व्यवस्था गरिएको बताएको छ । यद्यपि, बजेट वक्तव्यमा वार्षिक हुनुपर्नेमा मासिक भएकाले सरकारले सो त्रुटी सच्याएको छ । 

सोमबार अर्थमन्त्रालयले बजेटको सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले सो सच्याइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप