आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता छ : माधव नेपाल

सोमबार, १६ जेठ २०७९, १८ : ०१
सोमबार, १६ जेठ २०७९

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक वर्ष २०७९/८० को बजेटमा धेरै कुराहरु राम्रो भएपनि कार्यान्वयनको पक्ष फितलो हुनेमा चिन्ता व्यक्त गरेका हुन् ।

उनले बजेटमा उल्लेखित योजनालाई विद्यमान संरचनाले नधान्ने हो कि भन्ने चिन्ता रहेको उल्लेख गरे । उनले विगतदेखि नै कार्यान्वयनको समस्या हुने गरेको भन्दै लेखिएको कुरा कागजमा मात्रै सिमित नगरी व्यवहारमा लागु हुनुपर्नेमा जोड दिए । संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बैठकले बजेटको कमिकमजोरीहरुलाई हटाएर अझ समृद्ध बनाएर लागु गर्नु राम्रो हुने निष्कर्ष निकालेको बताए ।  

बैठकमा अध्यक्ष नेपालले बजेटको बुँदाहरु राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन सांसदहरुलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप