शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

शपथ खाँदा गोपनीयता, कार्यान्वयन गर्दा ओपनीयता !

सोमबार, १६ जेठ २०७९, १७ : ४५
सोमबार, १६ जेठ २०७९

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले पहिलो नगरसभा बैठक नै लाइभ गरेपछि केही जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन् । निर्वाचनपछि जनप्रतिनिधिबीच भएको पहिलो परिचयात्मक बैठक भनिएपनि मेयर शाहले बैठकमा केही जनसरोकारका मुद्दामा छलफल गरेपछि एक वडा अध्यक्षले सो कार्य सपथ ग्रहण विपरित भएको भन्दै ध्यानाकर्षण गराएका हुन् । 
उनले भने, ‘सपथ खाँदा गोपनीयता, कार्यान्वयन गर्दा ओपनीयता’ भएन र मेयर ज्यू ?’

मेयर बालेन शाहले निर्वाचन अघि आफ्नो घोषणापत्र बमोजिम नै सोमबार नगरसभाको पहिलो बैठक लाइभ गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप