वीरगञ्जमा मेगा बैंकको नयाँ शाखा
सोमबार, १६ जेठ २०७९, १७ : २९
वीरगञ्जको रुंगटा मलमा मेगा बैंक नेपाल लिमिटेडको शाखा स्थापना भएको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले एक समारोहबीच नयाँ कार्यालयको उद्घाटन गरे । यसअघि आदर्शनगरमै रहेको शाखा रुंगटा मलमा स्थानान्तरण गरिएको हो ।
मेगा बैंकका अध्यक्ष शाहले मेगा बैंकले अत्याधुनिक बैंकिङ सेवाका साथै छिटो, छरितो र प्रभावकारी ढंगले सेवा प्रवाह गरिरहेको बताए । औद्योगिक नगरी वीरगन्जलाई मेगा बैंकले सँधै प्राथमिकता दिएको बताउँदै अध्यक्ष शाहले युवा उद्यमी, निर्यातमुखी कृषि तथा निर्यातमुखी व्यवसायलाई मेगा बैंकले प्राथमिकता र प्रोत्साहन गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’
-
पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
-
शुभकार्य वा यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो