शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरभित्रका होटलहरूका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याइने

सोमबार, १६ जेठ २०७९, १७ : २५
सोमबार, १६ जेठ २०७९

काठमाडौं महानगरपालिकाले नगरभित्रका होटलहरूका शौचालयहरूलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गराउने अवधारणा ल्याएको छ । मेयर बालेन शाहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति हुने नदेखिएको भन्दै होटलहरुको प्रयोग गर्ने नीति लिइएको बताए ।

यसका लागि पहिलो चरणमा केही होटल तथा रेष्टुरेन्टहरुसँग आफ्नो कुरा भइसकेको र थप होटलहरूसँग पनि यसका लागि प्रस्ताव गर्ने उनले बताए । होटलको शौचालय प्रयोग गरेबापत सर्वसाधारणले पैसा तिर्नु नपर्ने समेत मेयर शाहले बताए । 

सार्वजनिक शौचालयका लागि सहमति दिने होटललाई महानगरले स्टिकर प्रदान गर्ने र सोका आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्न पाउने उनले बताए । निर्वाचन भएपछि आफ्नो घोषणा बमोजिम पहिलो नगर-कार्यपालिकाको बैठक लाइभ गरेका मेयर शाहले महानगरको फोहोर व्यवस्थापन, खानेपानी, ढल निकासी लगायत अन्य सरोकार पक्षमा महानगरले तत्काल एक्सन लिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप