मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

डडेल्धुराका सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन

सोमबार, १६ जेठ २०७९, १७ : १९
सोमबार, १६ जेठ २०७९

डडेल्धुराका सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । चालू आर्थिक वर्षको हालसम्म डडेल्धुरामा ८५४ जना महिलाले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

डडेल्धुराका सातवटै स्थानीय तहमा गरी २० वटा सूचीकृत स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा दिँदै आएका छन् । औषधि र शल्यक्रिया गरी दुई वटा विधिमार्फत सुरक्षित गर्भपतन गरिने स्वास्थ्यकर्मीले जनाएका छन् । आठ सय १५ जनाले औषधि र ३९ जनाले शल्याक्रियामार्फत सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालय परिवार नियोजन संयोजक भवानी कुँवरले जानकारी दिइन् । डडेल्धुरा अस्पतालमा १५७ ले सुरक्षित गर्भपतन गराएका छन् । 

आज जिल्ला सदरमुकाममा सामुदायिक विकास मञ्चले आयोजना गरेको स्थानीय सञ्चारकर्मीसँग यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी छलफल कार्यक्रममा सञ्चारकर्मीले सुरक्षितभन्दा पनि असुरक्षित गर्भपतन बढी भएको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप